२९ बैशाख,काठमाण्डौ – चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा प्राइम कमर्शियल बैंकले २ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
बैंकको वितरणयोग्य २ अर्ब २० करोड रुपैयाँ रहेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ८८ पैसा रहेकाे छ । बैंककाे १० वटा आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा १० वटा आर्थिक वर्षमध्ये बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा २७ प्रतिशत बाेनस वितरण गरेकाे थियाे भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६८/६९ मा ११.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
बैंककाे सेयरमा दश वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी बैंकले वितरण गरेकाे बाेनसबाट अहिले बढेर एक लाख ६० हजार रूपैयाँ भन्दा माथी पुगेकाे छ ।
यस्ताे छ प्राइम कमर्सियल बैंक लिमिटेडको १० वर्षको लाभांश इतिहास :
१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२.६३ प्रतिशत नगद वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस वितरण गरेकाे थिएन ।
२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ४ प्रतिशत बाेनस र ७.५८ प्रतिशत नगद गरि कूल ११.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १९ प्रतिशत बाेनस र १ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १८ प्रतिशत बाेनस र ०.९५ प्रतिशत नगद गरि कूल १८.९५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १७.२५ प्रतिशत बाेनस र १.२१ प्रतिशत नगद गरि कूल १८.४६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २७ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।
८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।
९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष पनि बैंकले नगद दिएकाे थिएन ।
१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष पनि बैंकले नगद दिएकाे थिएन ।
१५ करोडको घरमाथी प्राइम बैंकको गिद्धेनजर : ५ करोडमा जवरजस्ती घर लिलामीपछि घरधनी सडकमा
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar