२५ पुष,काठमाडौं – राजधानी काठमाडौँ निवासी एक ग्राहक माथि कमर्शियल बैंक को रुपमा स्थापित प्राइम कमर्शियल बैंकले गिद्धे नजर लगाएको भेटिएको छ।
बैंक तथा बित्तिय संस्था भने पछि संगै पर्यायवाची बनेर आउने सब्द हो सेवा ग्राही, सेवाग्राही छन् त बैंक छ बैंक कै कारण सेवाग्राही ढुक्क छन्, यो सामान्य अवस्थामा हो।
तर हालै हामीलाई प्राप्त सूचना अनुसार भने ठिक उल्टो भएको छ , मानौं बैंक लुट्नकै लागि हो। यो घटना हो काठमाडौं बालाजु निवासी प्राइम बैंकका सेवाग्राहिको, उनले व्यापारिक प्रयोजनका लागी गत २०७१ सालमा कित्ता नम्बर २७१ र १७९ मा बनेको साढे पाँच तल्लाको घर धितो राखेर प्राइम कमर्सियल बैंक माछापोखरी शाखाबाट साढे तीन करोड रुपैयाँ ऋण निकाले ।
खाध्यान्नको ब्यापारी उनले व्यवसायका लागि थप रकम आवश्यक परेपछि पुन एक बर्ष पश्चात सोहि बैंकबाट ऋण लिने बिचार गरी आवश्यक प्रक्रियाअनुसार फेरि पछि उत्तिनै रकम साढे तीन करोड रुपैंयाँ निकाले । यसरी दोश्रोपटक पनि ऋण निकाल्दा आफ्नो घर र जग्गाको मुल्यांकन फेरी गराए र बैंकले मुल्यांकन अनुसार उनलाई थप ऋण दिन योग्य ठहर्याई ऋण दियो। २०७६ साल मंसिरमा घरधनीले उक्त घरको मुल्यांकन गराँउदा उक्त घर र जग्गाको चलनचल्ती मूल्य १३ करोड रुपैंयाँ पुगेको थियो । तर अहिले उक्त घर र जग्गाको चलनचल्ती मूल्य झन्डै रु. १५ करोड पर्ने घर धनि जनाउछन।
तर प्राइम कमर्शियल बैंकले भने, बैंकको प्रक्रिया र ब्याजदर सबै बुझ्दा बुझदै पनि ऋणीलाई सडकमा पु¥याएको छ । माछापोखरी स्थित् प्राइम बैकले आफ्नो १५ करोडको घर माथि ‘गिद्देनजर’ लगाएर आफुलाइ सडकमा पु¥याएको ऋणीले बताएका छन् । “प्राइम बैंकले बदमासी गरेर फसायो, घर लिलाम गर्नुअघि नत बैंकले सल्लाह गर्र्यो, नत पुनः मुल्यांकननै गर्र्यो । उल्टै घर लिलाम गर्नुअघी पुनः मुल्यांकननै नगरी पुरानै मुल्यांकनलाई समेत बेवास्ता गरेर घर लिलाम गरी राष्ट्र बैंकको नीति बिपरित कार्य गरेको पिडितले जनाएकाछन।
नेपाल राष्ट्र बैकको निर्देशिका अनुसार आफ्नो सस्थाको नाममा रहेको गैरबैकिङ्ग सम्पत्तिको लिलाम गर्नुपूर्व स्वतन्त्र मूल्यांकनकर्ताबाट यथार्थपरक मूल्यांकन गराउनुपर्ने भनी उल्लेख गरिएको भएपनि प्राइम बैकले ७ बर्ष अघिको धितो लिंदाको मूल्यांकनलाई नै कायम गरी लिलाम गरेको पिडित बताउँछन् ।
उता कानुन ब्यवसायीका अनुसार, राष्ट्र बैकको निर्देशिकामा सस्थाले कर्जा असुल गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्नु अघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकममध्ये जुन कम हुन्छ सोही मुल्यमा मूल्यांकन गर्नुपर्ने हुन्छ । तर प्राईम बैंकले भने राष्ट्र बैकको निर्देशिका बिपरित कार्य गरेको छ । त्यस्तै पिडितका हकमा पनि प्राइम बैकले राष्ट्र बैकको निर्देशिका पालना नगरेको पीडितका कानुन ब्यवसायी बताउँछन् ।
पिडित भन्छन् ,‘प्राइम बैकले गरेको आफ्नो धितोमा रहेको माछापोखरीस्थित घर लिलामी गैरन्यायिक ढङ्गबाट भएको छ ।’ तर कमलपोखरी स्थित प्राइम कमर्सियल बैकको केन्द्रीय कार्यालयका प्रमुखले यसबारे आफू नबोल्ने भन्दै पन्छिएको पिडितले बताए ।
यसरी आफ्नै ब्यवासिक सहयात्री बनेको प्राइम कमर्शियल बैंकको गिद्धे नजरमा पर्ने व्यक्ति हुन् काठमाडौँ माछापोखरी निवासी काजीराम पिया l
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar