एजेन्सी – यौन जीवनका बारेमा विभिन्न अध्ययनहरु भएका छन् र हुदै छन्।
ती अध्ययनहरुबाट यौनका बारेमा नयाँ नयाँ कुरा पत्ता लाग्छ । लागी रहेको पनी छन् ।केही महिना अगाडि गरिएको एक अध्ययनबाट युवतीलाई कसरी यौन सम्पर्क राख्नका लागि सहमतीमा ल्याउने बारेमा पत्ता लागेको छ ।
सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना बढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा फोर प्ले गर्ने गर्नु पर्छ ।
यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनै पनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगार र सयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ ।
तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन । यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ ।
यौन सुख लिने क्रममा तालमेल मिल्दैन । यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ ।
प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका बारेमा थाहा हुने मात्र होइन, दम्पती बीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ ।
आपसी समझदारी बढाउन मद्दत मिल्छ । यहि आपसी सम्झदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ ।
यसका लागि यौन प्रतिक्रिया चक्र र संवेदनशिल अंगका बारेमा थाहा हुनु पर्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar