३० बैशाख,काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जेठ २ मा फर्किन आग्रह गरेका छन् ।
चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ओली र नेपालबीच भेटवार्ताका क्रममा बरिष्ठ नेता नेपालले पार्टी एकिकरणका लागी ओलीलाई जेठ २ मा फर्किन आग्रह गरेका हुन् । श्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओली आफ्नो शर्त मान्न तयार भए सहमति गर्न नेता नेपाल तयार रहेका छन् ।
‘हाम्रो माग सबै कमिटीहरु २ जेठ २०७५ को अवस्थामा फर्कनुपर्छ भन्ने हो । यसमा केपी ओली तयार हुन्छन् भने सहमति हुन्छ,’ माधव नेपाललाई उदृत गर्दै ती नेताले भने । तर २ जेठ २०७५ को अवस्थामा एमाले पार्टी फर्कन्छ भन्ने इमान्दार सहमति गरिनुपर्नेमा आफुलाई पनी नेताहरुले जोड दिएको ओलीले नेपालसामु बताएका छन् । अव ओली जी लचक भए तलदेखि माथिसम्मको कमिटीहरु पूर्ववत् अवस्थामा फर्कंन्छ र पार्टी एकता जोगिन्छ,’ ति नेताले भने ।
तर नेता नेपालले भने जालझेलका निम्ति ल्याएको एकताको प्रस्ताव हो भने त्यो मान्ने नहुने भन्दै ओलीलाइृ सजग गराएका छन् ।
त्यस्तै आज बिहान बालुवाटारमा बसेको एमाले स्थाई कमिटी बैठकले नेता नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता गर्ने निर्णय गरेको थियो । कारबाही फिर्ता गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसँग टेलिफोन संवाद गरी भेटवार्ताको प्रस्ताव समेत गरेका थिए ।
ओलीको प्रस्तावपछिनै अहिले नेता नेपालसँग भेटवार्ता भैरहेको छ । ‘एमालेको एकता जोगिन्छ कि जोगिंदैन भन्ने यो भेटवार्ताले तय गर्छ,’ स्रोतले भन्यो । यसअघि ८ र ९ वैशाखमा पनि ओली र नेपालबीच एक्लाएक्लै भेटवार्ता भएको थियो ।
तर, सहमति जुट्न नसक्दा २७ वैशाखमा नेपाल समूहका सांसदहरुले ओलीलाई विश्वासको मत दिएका थिएनन् । ओलीले विश्वासको मत नपाएपछि आज राति नौ बजेसम्म संयुक्त सरकारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुसँग आह्वान गरेकी छन् ।
ब्यापारीको घरमा ओली – नेपाल बार्ता सुरु : नेपालको चट्टानी अडानले ओली चपेटामा
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar