मत नदिए विघटन हुन्छ !
२७ बैशाख,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मत दिए प्रतिनिधिसभा विघटन नहुने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलिएको भन्द्यै प्रश्न उठाएपछि ओलीले आफूलाई मत दिए संसद फेरि विघटन नहुने बताएका हुन् ।
उनले आफूलाई ५ वर्षकै म्यान्डेट जनताले दिएको र त्यही कारण राजीनामा नदिएको पनि बताए । ‘संसद विघटन होला कि भन्ने फेरि चिन्ता छ, ए बाबा मत दिम, कसरी विघटन हुन्छ ? आफू मत नदिइ नदिइकन विघटनतिर धकेल्ने, अनि अर्कालाई अवजस लगाउने ?’ ओलीले भने, ‘भीरको टाउकाबाट हामफाल्ने अनि गुरुत्वाकर्णलाई दोष लगाउने ?’
भाषा एउटा व्यवहार अर्को गर्न नहुने भन्दै उनले संसदको स्थायित्व बचाउन पनि चेतावनी दिए ।
सत्ता टिकाउने कसरत गर्दा कोभिडविरुद्धको लडाइँमा ध्यान केन्द्रीत गर्न सकिन : प्रधानमन्त्री ओली
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar