२७ बैशाख,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो ध्यान कोभिडविरुद्धको लडाइँमा केन्द्रीत गर्न चाहेपनि बाध्यताबस नसकेको स्वीकार गरेका छन् ।
सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिनका लागि आफ्नो प्रस्ताव पेश गर्ने क्रममा बोल्दै ओलीले आफु नेतृत्वको सरकारले सत्ता टिकाउने कसरत गर्दा कोभिडविरुद्धको लडाइँमा ध्यान केन्द्रीत गर्न नसकेको स्विकार गरेका हुन् । ‘सरकार आफ्नो ध्यान कोभिड विरुद्धको लडाइँमा केन्द्रीत गर्न चाह्यो । विकास र समृद्धिमा गर्न चाह्यो । तर सरकारले अनेक अप्ठ्याराको सामना गर्नुपर्यो’,ओलीले भने ।
उनले जनताको जीवन रक्षा पहिलो सर्त भएको भन्दै कसैले महामारीको मौकामा फाइदा उठाउँदै भ्रष्टाचार गर्न खोज्न भने त्यसलाई कारबाहीको दायरामा ल्याइने समेत बताए । त्यस्तै उनले विपक्षीले आफ्नो बदनामका लागि किर्ते काममा समेत लागेको भन्दै आक्रोश पनि पोखे ।
भारतीय गुप्तचर एजेन्सी रअका प्रमुख सामन्त गोयलसँग आफ्नो गोप्य सम्झौता भएको भन्दै किर्ते दस्ताबेज बाहिर ल्याउने काम भएको उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar