२०७७ फागुन २३, आईतबार

५ फागुन,काठमाण्डौं – कृषीजन्य सामाग्री खरिदमा घोटाला गरेको धादिङको गंगाजमुना गाउँपालिकाबाट एक कर्मचारी ९५ हजार घुससहित् पक्राउ परेकी छन् ।
गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीलाई ९५ हजार घुस सहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
इन्जिनियर पूजा कार्की
अख्तियारका अनुसार इन्जिनियर कार्कीले किचेत सडक निमार्ण गर्ने वन्जु कान्सट्रशन प्रतिनीधि सँग ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बील भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजन समेतको कामका लागि सेवाग्राहीसँग घुस मागीरहेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
त्यस्तै इन्जिनियर कार्कीलाई घुसवापत ९५ हजार रकम लिइसकेको अवस्थामा गंगाजमुना गाउँपालिका वडा नं. ५ स्थित डेराकोठाबाट नियन्त्रणमा लिईएको र हाल उनिसंग थप अनुसन्धान भइरहेको समेत अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाए ।
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com