११ मंसिर, काठमाडौं – भारतीय विदेश सचिव हर्षवर्दन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि आज बिहीबार नेपाल आउँदैछन् ।
परराष्ट्र सचिव भरतराज पौडेलेको निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।
भारतीय विदेशसचिव श्रृंगलाले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेटको कार्यतालिका रहेको छ ।
भारतीय विदेश सचिवले राष्ट्रपति, प्रधानमन्त्रीसँगै उच्च राजनीतिक नेतृत्वसँगसमेत छलफल गर्दैछन् ।
उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगको भेटका लागि समय तय भएको छ ।
बिहीबार भेटघाटमा व्यस्त हुने भारतीय विदेशसचिवले शुक्रबार नेपाली थिंकट्यांक आइडिएसएद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटघाट गर्नुका साथै नेपाललाई कोरोना भाइरससँग जुध्न आवश्यक सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम छ ।
यो विगतका उच्चस्तरीय भ्रमणको निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको पहिलो दिन दुई सचिवबीच द्विपक्षीय वार्ता हुनुका साथै सहयोगका विविध क्षेत्रबारे छलफल हुने जनाइएको छ ।
नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि दुई देशको उच्च कूटनीतिक तहमा उनको आगमनपछि औपचारिक वार्ता हुँदैछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar