११ मंसिर,काठमाडौं – भारतीय विदेश सचिव हर्षवर्दन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउँदैछन् ।
परराष्ट्र सचिव भरतराज पौडेलेको निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।
यो विगतका उच्चस्तरीय भ्रमणको निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणको पहिलो दिन दुई सचिवबीच द्विपक्षीय वार्ता हुनुका साथै सहयोगका विविध क्षेत्रबारे छलफल हुने जनाइएको छ ।
नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि दुई देशको उच्च कूटनीतिक तहमा उनको आगमनपछि औपचारिक वार्ता हुँदैछ ।
विदेश सचिव श्रृंगलाको भ्रमणबाट केसह समयदेखि चिसिएको नेपाल-भारत सम्बन्ध पुनः हार्दिकतातर्फ फर्कने अपेक्षा गरिएको छ ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नेपाल-भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादपछि कूटनीतिक तहबाट छलफल हुन लागेको हो ।
भारतीय विदेश सचिव काठमाडौं आए लगत्तै सचिवस्तरीय वार्ता हुनेछ ।
वार्तामा नेपालका तर्फबाट परराष्ट्र सचिव पौड्याल, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख यज्ञबहादुर हमालसहितका उच्च अधिकारी सहभागी हुनेछन् ।
भारतीय विदेश सचिव शृंगलको वार्ता टिममा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान मामिला हेर्ने सहसचिव अरिन्दम बाग्ची, भारतीय राजदूत विनयमोहन क्वात्रासँगै दूतावासका कर्मचारी सहभागी हुने बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar