१६ कार्तिक,काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद उत्कर्षमा पुगेको छ।
हिजो शनिबार भएको भेटका क्रममा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई पार्टी अलग बनाएर जाने कुरा राखेसँगै नेकपाको विवादले उग्र रुप लिएको हो। त्यस्तै प्रचण्डले आज खुमलटारमा भएको आफू निकटका स्थायी कमिटिका सदस्यहरुलाई ब्रिफिङ गर्दै अबको प्रधानमन्त्री माधवकुमार नेपाल हुनुपर्ने समेत बताएका हुन्।
त्यस्तै आजको भेटमा प्रचण्डले गृहमन्त्री समेत रहेका रामबहादुर थापा (बादल)लाई प्रधानमन्त्रीसमेत रहेका ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन र त्यसपछिको प्रधानमन्त्री माधव नेपाललाई बनाउने तयारी भएको जानकारी गराएका हुन्। प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल पक्षले २५ प्रतिशत हस्ताक्षर संकलन गरेर संसदको विशेष अधिवेशन बोलाउने तयारी पनि गरेको छ। संसदको विशेष अधिवेशन सुरु भएसँगै ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरिएको हो।
प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा बैकल्पीक नाम दिनुपर्ने बाध्यता भएपछि माधव नेपालको नाम अघि सार्न लागेको जानकारी प्रचण्डले गृहमन्त्रीसमेत रहेका थापालाई गराए।
प्रचण्डले बादललाई आगामी योजना सुनाइरहँदा प्रचण्ड निवास खुमलटारमा पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए।
त्यस्तै नेकपाको केन्द्रको विवाद प्रदेश हुँदै गाउँसम्म पुगिसकेको छ। पछिल्लो पटक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध केपी ओली निकटका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएसँगै विवाद चर्किरहेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar