१३ कार्तिक,काठमाडौं – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका बिरुद्ध जुन तरिकाले अविश्वास प्रस्ताव ल्याइएको थियो, सोही शैलीमा बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलका बिरुद्ध पनी हस्ताक्षर अभियानको तयारी थालिएको छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाई नारायण दाहालको योजनामा पौडेलका बिरुद्ध हस्ताक्षर अभियान शुरु गर्न लागिएको नेकपा स्रोतको भनाइ छ।
कर्णाली प्रदेश सरकार बिरुद्ध नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट यमलाल कँडेलहरुले प्रस्ताब ल्याए पनि त्यसमा पूर्वमाओवादी खेमाले पनि साथ दिएको थियो । मुख्यमन्त्री शाहीको हैकमवादी प्रवृत्तिका कारण पनि पूर्वमाओवादी खेमाका केही नेताले पनि कँडेललाई साथ दिन पुगेका थिए ।
कर्णालीको अविश्वास प्रस्तावको ताप दशैंको मौकामा सेलाउँदै गए पनि नेकपाका बागमती प्रदेश अध्यक्ष नारायण दाहालले चितवनका पूर्वएमाले नेताहरुलाई ‘नैतिकता’को पाठ पढाउन थालेका छन् । दाहालले केपी ओलीले कर्णाली प्रदेशमा पार्टी एकताको भावना र नैतिकता नै बिर्सेर अविश्वास प्रस्ताव ल्याएकाले आफूहरुले पनि बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलका बिरुद्ध हस्ताक्षर तयार राखेको भन्दै कागज देखाउन थालेको स्रोत वताउँछ ।
‘कर्णालीमा ओली पक्षले नैतिक काम गरेनन्, हामीले बागमती प्रदेशका मुख्यमन्त्री पौडेलका बिरुद्ध मन्त्रीसमेतको हस्ताक्षर गराएर अविश्वास प्रस्ताव दर्ता गर्न तयारी अवस्थामा राखेका छौ । हाम्रा मन्त्रीहरुको राजीनामा समेत लिएर राखिएको छ । जुनसुकै बेला पनि हाम्रा मन्त्री राजीनामा दिन तयार छन् ।’ दाहालले अहिले चितवनमा दैनिकजसो नेकपा नेताहरुलाई यस्तै भन्दै हिंडिरहेका छन् ।
दाहालले पहिलो नम्बरमा अष्टलक्ष्मी शाक्य, दोस्रोमा राजेन्द्र पाण्डे र तेस्रोमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलको हस्ताक्षर रहेको भन्दै कागज गोजीबाट झिक्दै चितवन नेकपाका नेताहरुलाई देखाउन थालेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना पुष्टी नहुँदै हेलिकोप्टरबाट काठमाडौंमा जानुलाई पनि नेकपाभित्र अलोकप्रिय काम गरेको टिप्पणी हुने गरेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar