१० असोज,काठमाडौं – पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टि नेकपाको विवाद लगभग अन्त्य भएको जस्तो देखिएको छ ।
बिगत केहि दिन यता नेकपाको स्थायी कमिटी र सचिवालयको बैठक सम्पन्न भएपस्चात् प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिचको आन्तरिक छलफलपछी केहि प्रदेशमा प्रदेश मुख्यमन्त्री र केन्द्र सरकारको मन्त्रीमण्डल हेरफेर गर्ने सहमती पस्चात् नेकपा बिवाद मत्थर भएको देखिएको हो ।
मन्त्रालयमा मन्त्री हेरफेर संगै विभिन्न क्षेत्रमा भागवण्डा गर्नेगरी नेकपा बिवाद मत्थर भएको नेकपा श्रोतको दावी छ । अहिले सोही अनुसारै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी समेत भइरहेको श्रोतले बताएको छ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच मन्त्रिपरिषद हेरफेरबीच पछिल्लो समय पटक पटक छलफल जारी छ ।
नेकपाका श्रोतका अनुसार अहिले मन्त्रिपरिषद पुनर्गठनको काम लगभग अन्तिम चरणमा पुगेको छ । अब पुनर्गठन हुँदा उर्जा, जलस्रोत तथा सिंचाई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्राइने भएको छ । प्रधानमन्त्री केपी ओलीले पूर्व एमाले र पूर्व माओवादी दुवैबाट नयाँ अनुहारलाई मन्त्री बनाउने आकांक्षा देखाएका छ्न ।
श्रोतका अनुसार अव बन्ने मन्त्रीहरुमा पूर्व एमालेबाट गणेशसिंह ठगुन्ना, प्रेम आले, यज्ञराज सुनुवार, लिला श्रेष्ठ, विशाल भट्टराई, विरोध खतिवडा लगायतको चर्चा छ । त्यस्तै पूर्व माओवादी बाट भने नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, जनार्दन शर्मा, हरिबोल गजुरेल, पम्फा भुसाल लगायतको नाम चर्चामा रहेको छ ।
त्यस्तै नेता वामदेव गौतमलाई सर्वाेच्च अदालतले राष्ट्रियसभा सदस्यको रुपमा अरु जिम्मेवारी नदिन आदेश जारी गरेको छ । त्यसैले गौतमको भने मन्त्री हुने सम्भावना छैन । यता नारायणकाजी श्रेष्ठ पनि प्रतिनिधि सभाको निर्वाचन हारेर पुन राष्ट्रियसभा सदस्य निर्वाचित भएका व्यक्ति हुन् । यद्धपी उनको नाम भने नयाँ मन्त्री हुने चर्चामा छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar