• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २१, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी

१६ घण्टा अघि
२

चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

१६ घण्टा अघि
३

प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न

१६ घण्टा अघि
४

राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित

१७ घण्टा अघि
५

यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

१ दिन अघि
६

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

१ दिन अघि
७

भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

१ दिन अघि
८

चित्रा अब प्राइम भिडिओमा

१ दिन अघि
९

६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक

१ दिन अघि
१०

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

२ दिन अघि
११

विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त

२ दिन अघि
१२

‘साओमी–१४ टी’ को मूल्य घट्यो

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ४ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ४ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • rajendra ७

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    ३ दिन अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ८

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • skt mak ९

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 १०

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ३ हफ्ता अघि
  • prev
    next

    वाइडबडी र सेक्युरिटी प्रेस खरिद प्रकरणमा अख्तियार किन मौन ?

    न्युज डेस्क, शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन ९, शुक्रबार (४ साल अघि)
  • ५२२ पाठक संख्या
  • wide body

    ८ असोज, काठमाडौं- वाइडबडी जहाज र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा अख्तियारको छानबिनबारे सार्वजनिक लेखा समितिले चासो दिएको छ ।

    वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै आवश्यक अनुसन्धान गरी कारबाही गर्न भन्दै संसदको लेखा समितिले दुई वर्ष अगाडि अख्तियारलाई पत्राचार गरेपनी हालसम्म त्यसको अनुसन्धानको प्रगतिबारे अख्तियारले जानकारी नगराएको भन्दै लेखाले विवरण माग गरेको लेखा समितिका सचिव डा.रोजनाथ पाण्डेले जानकारी दिए ।

    समितीका सचिव डा.पाण्डेका अनुसार, बिहिवार सार्वजनिक लेखा समितिले, वाइडबडी जहाज र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भएको भ्रष्टाचारको छानबिनबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग विवरण समेत माग गरेको छ । “वाइडबडी विमान खरिदमा लेखा समितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै आवश्यक अनुसन्धान गरी कारबाही गर्न करिब दुई वर्ष अगाडि अख्तियारलाई पत्राचार गरेको थियो । तर, हालसम्म त्यसको अनुसन्धानका विषयमा भएको प्रगतिबारे जानकारी नभएको भन्दै लेखाले विवरण माग गरेको हो ।” डा.पाण्डेले बताए ।

    अख्तियारले करिब ६ महिनाअघि अनुसन्धानको बिषयप्रती चासो दिंदै पत्र काट्दा अनुसन्धान हुँदै गरेको भन्ने जवाफ आएको उल्लेख गर्दै सचिव डा.पाण्डेले बिहिवार पुनः पत्र लेखिएको हेडलाईन नेपाललाई जानकारी दिए ।

    उता महालेखा परीक्षकको कार्यालयले ५५ औं वार्षिक प्रतिवेदनले पनि वाइडबडी खरिद प्रक्रियामा प्रश्न उठाएको र महालेखाको प्रतिवेदनलाई नै आधार बनाएर लेखा समितिले छानविन गरेको पाण्डेले बताए । महालेखा परीक्षकको कार्यालयले पनी, वायु सेवा निगमले वाइड बडी विमान खरिद गर्न गत २०१७ मार्च १ मा १० लाख र २०१७ जून १९मा ७ करोड ९० लाख गरी ८ करोड अमेरिकी डलर पेस्की दिएको भन्दै उक्त प्रकरणमा अनियमितता भएको दाबी गरेको थियो ।

    वाइडबडी विमान खरिद प्रकरणमा तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरु जीवनबहादुर शाही र जीतेन्द्र देव, सचिवहरु, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि समेत अनियमितताको आरोप लागेको छ ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको छानबिन तामेलीमा राख्न खोजेको लेखा समितीको आशंका

    यता सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको छानबिनको फाईल पनि अख्तियारले तामेलीमा राखेकोे चर्चा भएको भन्दै सार्वजनीक लेखा समितीले चासो देखाएको छ ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको छानबिनको फाईल पनि अख्तियारले तामेलीमा राखेको चर्चा भएको भन्दै लेखा समितिले अख्तियारलाई पत्र पठाएको छ । ‘साँच्चै तामेलीमा राखिसकेको हो कि अनुसन्धान भइरहेको हो ? अनुसन्धान भइरहेको भए प्रगति विवरण के छ ?’ लेखाले सोधेको छ । लेखा समिती सचिव डा. पाण्डेले बताए ।

    गत केहि महिना अघीमात्र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड कमिसनको मोलमोलाइ भएको अडियो टेप सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए ।

    स्वीट्जरल्याण्डको केबीए–नोटासिस एसए कम्पनीको नेपाल प्रतिनिधि दाबी गर्ने विजयप्रकाश मिश्रले बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा करिब ७० करोड कमिसन मागेको आरोप लगाउँदै त्यससम्बन्धी अडियो टेप सार्वजनिक गराएका थिए । यद्धपी तिनै विजयप्रकाश मिश्र अडियो रेकर्डको अन्य प्रमाण जुटाउन भन्दै जापानमा बस्दै आएको बताउने गरेका छन् ।

    अख्तियारप्रमुखमा ‘नवीनप्रवृत्ति’भन्दा कुलमान, सञ्जेल तथा केसीप्रवृत्ति आवश्यक 

  • subhayug
  • WideBody
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी

  • चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

  • प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न

  • राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित


  • समाचार
  • १

    जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी
    १६ घण्टा अघि

  • २

    चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
    १६ घण्टा अघि

  • ३

    प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न
    १६ घण्टा अघि

  • ४

    राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित
    १७ घण्टा अघि

  • ५

    यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
    १ दिन अघि

  • ६

    ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा
    १ दिन अघि

  • ७

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध
    १ दिन अघि

  • ८

    चित्रा अब प्राइम भिडिओमा
    १ दिन अघि

  • ९

    ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक
    १ दिन अघि

  • १०

    संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    २

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ३

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    ४

    फिफा क्लब विश्वकप : पिएसजीसँग मियामीको फराकिलो हार

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution