बुटवल – नेकपा (एकीकृत समाजवादी) नवलपरासी पश्चिमको अध्यक्षमा कुमार आले सर्वसम्वत चयन भएका छन् ।
आठौँ जिल्ला अधिवेशनबाट आले अध्यक्षमा सर्वसम्वत चयन भएको एकीकृत समाजवादी केन्द्रीय निर्वाचन आयोगका सदस्य तथा निर्वाचन कमिटीका संयोजक पर्शुराम घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार आलेको नेतृत्वमा सात पदाधिकारीसहित ५१ सदस्सीय जिल्ला कमिटी चयन गरिएको छ। त्यस्तै उपाध्यक्षमा धनन्जय पौडेल र सचिवमा विष्णु बराल चयन भएका छन् । आले यसअघि जिल्ला कमिटी सचिव थिए ।
अधिवेशनमा पार्टीका उपमहासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरी, पार्टी सचिव सोमप्रसाद पाण्डे, स्थायी कमिटी सदस्य रामकुमार झाँक्री, पोलिटब्यूरो सदस्य अब्दुल हुसेन खान, केन्द्रीय सदस्य लक्ष्मी भुसाल लगायत केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar