• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ११, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमालेको सचिवालय बैठक बस्दै

१ घण्टा अघि
२

दुगड स्याइसेस एण्ड फुड प्रोडक्टले गर्‍यो ६ महिनामा १ अर्ब १८ करोडको व्यापार

१ घण्टा अघि
३

एकीकृत समाजवादी ताप्लेजुङको अध्यक्षमा दुर्गा लिम्बू

१ घण्टा अघि
४

भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

२ घण्टा अघि
५

आज सुनको मूल्य तोलामा १४०० रुपैयाँले बृद्धी

२ घण्टा अघि
६

कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

२ घण्टा अघि
७

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

२ घण्टा अघि
८

गिल भारतीय टेस्ट टोलीका कप्तान

२ घण्टा अघि
९

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

२३ घण्टा अघि
१०

किम्फ चलचित्र महोत्सव जेठमा

२३ घण्टा अघि
११

अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने

२३ घण्टा अघि
१२

नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ४ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • prev
    next

    कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी

    न्युज डेस्कप्रकाशित मिति: २०८१ भाद्र २६, बुधबार (८ महिना अघि)
  • ७८९ पाठक संख्या
  • artha mantralaya

    काठमाडौं – सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । 

    आर्थिक वर्ष २०८१–८२ देखि आर्थिक वर्ष २०८५ – ८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो । राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली र प्रशासन सुधारका लागि १६औँ आवधिक योजनासँग समन्वय हुने गरी तयार पारिएको अर्थ मन्त्रालयले जनाएको छ । यो रणनीतिले अर्थ – सामाजिक विकासका लागि आवश्यक राजस्व परिचालन र निजी क्षेत्र तथा करदाताको आकांक्षाबीच सन्तुलन कायम गर्ने विश्वास सरकारको छ । आन्तरिक राजस्व परिचालन रणनीतिले देशको कर नीति र प्रशासनमा सुधारका लागि स्पष्ट संरचनागत रूपरेखा प्रस्तुत गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

    यो रणनीतिको मुख्य उद्देश्य आर्थिक दक्षता र समानतालाई प्रवर्द्धन गर्दै निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुका साथै कर र गैरकर राजस्वको स्थिर प्रवाह सुनिश्चित रहेको रणनीतिमा उल्लेख छ । सरकारको कोषमा स्थायित्व कायम राख्दै बजेट घाटालाई व्यवस्थापन गर्न पनि योगदान पुर्याउने अपेक्षा रणनीतिमार्फत गरिएको छ । सरकारी कोषलाई सुदृढ बनाउन आन्तरिक स्रोतबाट राजस्व परिचालन वृद्धि गर्नु, कर कानुन र सञ्चालन प्रणालीहरूसँग करदाताहरूको स्वेच्छिक परिपालना, कर र भन्सार प्रशासनको जोखिम व्यवस्थापन क्षमता सुदृढ गर्ने, कर र भन्सार प्रशासनमा स्वचालित बनाउनुलगायत रणनीतिका उद्देश्य छन् ।

    कर नीति निर्माण र कार्यान्वयनका लागि अन्तर – सरकारी र अन्तर–संगठनात्मक समन्वय तथा सहकार्य बढाउनका रणनीति जारी भएको हो । सरकारले सबै आम्दानीका स्रोतलाई समावेश गर्दै प्रगतिशील करका दरसहितको कर प्रणालीलाई सुरु गर्ने उद्देश्य रणनीतिमा छ । कर राजस्व र कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपातलाई १६औँ पञ्च वर्षीय योजनाले निर्धारण गरेका राजस्व लक्ष्यसँग समन्वय गर्दै लगिने रणनीतिमा उल्लेख छ । आर्थिक वर्ष २०७९ – ०८० (२०२२ – २३) मा १८ दशमलव नौ प्रतिशत रहेको राजस्व – जिडीपी अनुपातलाई आव २०८५ – ८६ (२०२८ – २९) को अन्त्यसम्म २३ दशमलव पाँच प्रतिशत पुर्याउने महत्वाकांक्षी लक्ष्य रणनीतिमा समावेश छ ।

    यो अवधिमा कर राजस्व र जिडीपी अनुपात १६ दशमलव दुई प्रतिशतबाट बढेर २० दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । रणनीतिमा समाविष्ट कार्ययोजना तथा राजस्व सुधारका उपायको कार्यान्वयनबाट कर राजस्व – जिडिपी अनुपातमा थप दुई दशमलव चार प्रतिशतको वृद्धि हुने अपेक्षा गरिएको छ । यसैगरी, कर र भन्सार प्रशासनमा सुधारबाट थप शून्य दशमलव एक प्रतिशत कर राजस्व संकलन हुने अपेक्षा गरिएको छ । आव २०७९ – ८० (२०२२ – २३) मा सात दशमलव दुई प्रतिशत रहेको बजेट घाटा – जिडिपी अनुपातलाई घटाएर रणनीति कार्यान्वयनको अन्तिम वर्ष छ दशमलव पाँच प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ ।

    मुलुकको समग्र कर नीति, प्रशासन, शासन संरचना, संस्थागत संरचना, नीति कार्यान्वयन संयन्त्र, अनुगमन तथा मूल्यांकन प्रणालीको सुधार र पुनः संरचनाका लागि व्यवस्थित खाकाका रुपमा रणनीति जारी भएको हो ।

  • subhayug
  • अर्थ मन्त्रालय
  • आन्तरिक राजस्व परिचालन
  • कम्पनी कर प्रणाली
  • कर प्रणाली
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • एमालेको सचिवालय बैठक बस्दै

  • दुगड स्याइसेस एण्ड फुड प्रोडक्टले गर्‍यो ६ महिनामा १ अर्ब १८ करोडको व्यापार

  • एकीकृत समाजवादी ताप्लेजुङको अध्यक्षमा दुर्गा लिम्बू

  • भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब


  • समाचार
  • १

    एमालेको सचिवालय बैठक बस्दै
    १ घण्टा अघि

  • २

    दुगड स्याइसेस एण्ड फुड प्रोडक्टले गर्‍यो ६ महिनामा १ अर्ब १८ करोडको व्यापार
    १ घण्टा अघि

  • ३

    एकीकृत समाजवादी ताप्लेजुङको अध्यक्षमा दुर्गा लिम्बू
    १ घण्टा अघि

  • ४

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब
    २ घण्टा अघि

  • ५

    आज सुनको मूल्य तोलामा १४०० रुपैयाँले बृद्धी
    २ घण्टा अघि

  • ६

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण
    २ घण्टा अघि

  • ७

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    २ घण्टा अघि

  • ८

    गिल भारतीय टेस्ट टोलीका कप्तान
    २ घण्टा अघि

  • ९

    नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव
    २३ घण्टा अघि

  • १०

    किम्फ चलचित्र महोत्सव जेठमा
    २३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ६ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    कैदी आदानप्रदानका बेला किएभमा रुसी आक्रमण

    subhayug
    २

    गिल भारतीय टेस्ट टोलीका कप्तान

    subhayug
    ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    ४

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution