काठमाडौं – नेपाल युवा संस्था सञ्जाल आयोनले प्रथम पटक महिला नेतृत्व पाएको छ ।
मङ्गलवार ललितपुरको गोदावरीमा सम्पन्न भएको आयोनको १७ औँ वार्षिक साधारणसभा तथा ९ औँ अधिवेशनबाट अध्यक्ष पदमा सिन्धुली घर भएकी सुजाता बराल निर्वाचित भएकी हुन् । बरिष्ठ उपाध्यक्ष पदमा महोत्तरीका गौतम शर्मा‚ उपाध्यक्षहरूमा इलामका क्रीयस अर्याल‚ बाराकी सरला जैसवाल‚ काठमाडौंका मनोज चौंलागाई‚ बाग्लुङका विष्णु सुवेदी‚ दाङ्गका विष्णु पाण्डे‚ सुर्खेतका सन्देश वि.सि. र कैलालीका नितिन पाण्डे निर्वाचित भएका छन् ।
त्यस्तै महासचिव पदमा डोटीका ललित ओझा‚ सचिवमा मकवानपुरका रितेश अधिकारी‚ कोषाध्यक्षमा रौतहटका कमलेश यादव‚ सदस्यहरूमा सल्यानका बुद्धिमान पुन‚ रुकुमका प्रकाश खड्का‚ काठमाडौंका पर्वत महत‚ मुगुका निर्मल राज शाही‚ सुर्खेतका सागर रेग्मी धनकुटाका विकास राय‚ काठमाडौंकी अनुपा खतिवडा‚ धादिङकी संगिता रेग्मी‚ बाराकी अमृता कुशवाहा निर्वाचित भएका हुन् ।
नेपालमा युवाहरूको क्षेत्रमा बनेका नीति‚ योजना र कार्यक्रम प्रभावकारी कार्यन्वयन गराउने‚ युवाहरूको सीप‚ क्षमता विकास र रोजगारी बढाउन काम गर्ने‚ युवाहरूमा देखिएका कुलत‚ मनोसामाजिक समस्या‚ शिक्षा तथा स्वास्थ्यमा भएका समस्यामा काम गर्ने उद्देश्य लिएको नव निर्वाचित अध्यक्ष बरालले बताएकी छन् ।
आयोन देश भरका युवा संघ‚ संस्था तथा युवाहरूको क्षेत्रमा काम गर्ने संस्थाहरूको छाता सङ्गठन हो । उक्त संस्थामा २९ वर्ष भित्रका युवाहरूले नेतृत्व गर्छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar