काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र प्रसाद पाण्डेले सम्हाल्ने भएका छन् ।
कम्युनिष्ट नेताहरूको बैठकमा भाग लिन अध्यक्ष नेपाल आज आइतबार राति रुस जान लागेका हुन् । अध्यक्ष नेपाल कार्यक्रम सकेर भदौ २२ गते फर्किदै छन् । सो समयमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाण्डेले सम्हाल्ने भएका छन् ।
केही दिनअघि बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकबाट पाण्डे वरिष्ठ उपाध्यक्ष चयन भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar