पोखरा – सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएकपछी विवादमा तानिएका छन्।
शनिबार, प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति पछि मन्त्री गुरुङ विवादमा तानिएका हुन् । मन्त्री गुरुङले सङ्घीयताको मर्मअनुसार प्रहरी समायोजनसँगै निजामती कर्मचारी ऐन आउन नसकेको चर्चा गर्ने क्रममा विवादास्पद अभिव्यक्ति दिएका हुन् ।
‘निजामती र संघीय प्रहरी ऐन आउने, फर्किने धेरैपटक भइरहेको छ। तर, अब लन्च गर्ने तयारी छ,’ उनले भने, ‘त्यसको धेरै अवरोध गर्ने त्यही सेक्टरको मान्छेबाट भइरहेको छ। प्रहरीको आईजीपीले के भन्यो, म यो कानुन लागू नै गर्दिनँ, हुँ गर्छ। त्यस्तो बोल्न पाउने कि नपाउने? त्यसको जिब्रो थुत्नुपर्थ्यो मैले भन्दाखेरी।’ उनले भनेका थिए ।
आफ्नो कर्मचारी, प्रहरी प्रशासन, निजामती नभएको सरकार सरकारै नहुँदोरहेछ भन्ने व्यवहारले पुष्टि भइसकेको हो भन्दै उनले आज पनि यो समस्या भोगिरहेको उनले बताएका थिए।
सङ्घीय प्रहरी ऐन सङ्घीय शासन प्रणालीअनुसार ल्याउनुपर्ने बताएका मन्त्री गुरुङले अब सरकारले त्यसलाई अघि बढाउने स्पष्ट पारेका थिए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar