काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीच एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल आज हुँदैछ।
खेल अघि सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित प्रिम्याच कम्फ्रेन्समा चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले घरेलु मैदानमा घरेलु समर्थकलाई राम्रो नतिजा दिने बताए । उनले पारो एफसीसँग आफ्नो क्लब तयारी अवस्थामा रहेको र टीमप्रति विश्वास र सन्तोष व्यक्त गरे ।
त्यस्तै, चर्च ब्वाइज युनाइटेडका कप्तान अनन्त तामाङले खेलका लागि प्लान अनुसार तयारी गरिरहेको भन्दै नजिता आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे । प्रशिक्षणको सुरुवाती चरणमा टिममा केही समस्या देखिएपनि अहिले टीमले बलियो तयारी गरेको उनको भनाइ छ ।
पारोमा रहेका स्टार खेलाडी जापानी केसुके होन्डा र अन्य विदेशी खेलाडीले टिमलाई दबाब नरहेको भन्दै टोलीको योजना अनुरूप खेल्ने अनन्त बताएका छन् ।होन्डाले ३ पटक विश्व कप खेलिसकेका छन्। उनी एसियाकै स्टार खेलाडी हुन् ।
तयारी राम्रो भएकोले उत्कृष्ट प्रदर्शन गर्ने पारोका प्रशिक्षक पुष्पलाल शर्माले बताएका थिए । नेपाल आएसँगै चुनौतीहरूको सामना गरिरहेको भन्दै दशरथ रंगशालाको स्तर उपयुक्त नभएको गुनासो गरे ।
खेलका लागि चर्च ब्वाइजले ३ विदेशी सहित २३ जना खेलाडी अनुवन्ध गरेको छ । पारोले होन्डा मात्र होइन यो पटक कुल ११ विदेशी खेलाडी दर्ता गर्दै पारोले टिमलाई मजबुत बनाएको छ। प्लेअफको विजताले एएफसी च्यालेन्ज लिगको समूह चरण खेल्नेछ । समूह चरणका खेलहरु अक्टोबर २६ देखि हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar