काठमाडौं – सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आजदेखि सुनवाई प्रक्रिया सुरु हुने भएको छ । आज मध्यान्ह सवा १२ बजे बस्ने बैठकले १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने र त्यसपछि सिफारिस भएका राजदूतलाई सुनुवाइका लागि बोलाउने संसदीय सुनुवाइ समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।
सरकारले गत साउन १४ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । ओली सरकारले भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्मालाई नै निरन्तरता दिएको छ । उनको पनि सुनुवाइ हुने सभापति जबराले बताए ।
प्रचण्ड नेतृत्वको सरकारले उनलाई फिर्ता बोलाएकाले फेरि सुनुवाइ गर्नुपर्ने सभापति जबराको भनाइ छ । सिफारिस भएका राजदूतलाई सुनुवाई सिमितिले नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar