काठमाडौं – नेकपा एमालेको केन्द्रिय अनुशासन आयोगले पार्टीका कर्णाली प्रदेश अध्यक्ष गुलाबजङ्ग शाह र केन्द्रीय सदस्य ऐन महरलाई कारबाही गर्न सिफारिस गरेको छ ।
‘पार्टीको अनुशासन आयोगले टोलीले गरेको स्थलगत अध्ययन सहितको छानबिनपछि आयोगले शाह र महरलाई कारबाही सिफारिस गरेको हो । टोलीले स्थलगत अध्ययनका क्रममा पीडित र अरु व्यक्तिहरूसँग कुरा गर्दा उनीहरू दुवै जना पार्टीको कुनैपनि पदमा बस्न अयोग्य रहेको निष्कर्ष निकालेको थियो । उनका अनुसार, छानबिन प्रतिवेदन तयार भएपछि आयोगको बैठक बसेर कारबाही गर्न पार्टी केन्द्रीय कमिटीमा सिफारिस गरिएको हो ।
कर्णाली प्रदेश अध्यक्ष शाहलाई आर्थिक अपचलन र यौन शोषणको आरोप लागेको छ । पार्टीकै एक महिला कार्यकर्ताले उजुरी दिएपछि अध्यक्ष शाहमाथि आयोगले छानबिन थालेको थियो । साहमाथि छानबिन गर्न आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको थियो । सोही समितिले महरामाथि समेत छानबिन गरेको थियो । ‘छानबिनमा देखिएको तथ्यहरू हेर्दा शाह भन्दा पनि महरको अपराध ठूलो छ । त्यही कुरा पार्टीमा सिफारिस गरेका छौँ’, छानबिन समितिका एक सदस्यले बताए ।
महरलाई पनि यौन शोषणको आरोप लागेको छ । यसअघि एक महिलासँगको उनको अडियो समेत सार्वजनिक भएको थियो । त्यो अडियो सार्वजनिक भएपछि महर केन्द्रीय सदस्यबाट हटाइएका थिए । तर गत १५ वैशाखको उपचुनाव अगाडि पुनः पदबहालीको निर्णय भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar