काठमाडौं – ने कपा एमालेले पार्टीका प्रदेश कमिटीका अध्यक्षहरूलाई केन्द्रीय सदस्य सरहको मान्यता दिएको छ ।
मङ्गलबार, अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन अपानी मा प्रदेश अध्यक्षहरूलाई पदेन केन्द्रीय सदस्य सरहको मान्यता दिने उल्लेख छ । यसअघि प्रदेश अध्यक्षलाई पार्टीको पोलिटब्युरो सदस्य सरहको मान्यता दिइएको थियो । एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले पार्टीको संरचनाअनुसार एक तहमाथि लैजान नमिल्ने भएकाले यसअघिको भएको निर्णय पुनः विचार गर्दै प्रदेश अध्यक्षलाई पदेन केन्द्रीय सदस्य सरह जिम्मेवारी दिइएको बताए ।
एमालेको प्रदेश अध्यक्षसम्बन्धी पछिल्लो निर्णयसँगै कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशका चन्द्रेश्वर मण्डल, बागमती प्रदेशका कैलाश ढुंगेल, गण्डकी प्रदेशका नवराज शर्मा, लुम्बिनी प्रदेशका राधाकृष्ण कँडेल, कर्णाली प्रदेशका गुलाबजङ्ग शाह र सुदूरपश्चिम प्रदेशका कृष्णप्रसाद जैसी पदेन केन्द्रीय सदस्य भएका छन् ।
यसैगरी, एमालेले पुरनसिंह दयाल (बैतडी), मैना भण्डारी (गुल्मी) र तारा राई (मोरङ)लाई केन्द्रीय कमिटीबाट हटाएको छ । दयाल भूगोलको काममा नखटेको, भण्डारी बिरामी परेको र राई विदेशमा रहेकाले जिम्मेवारीबाट हटाएको अपानीमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar