काठमाडौं – बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त भएका छन् ।
मङ्गलबार राति , राष्ट्रपति मोहम्मद अलाउद्दीनले युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका हुन् । विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि राष्ट्रपति अलाउद्दीनले युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बङ्गलादेशी पत्रिका न्यूजले समाचारमा उल्लेख गरेको छ ।
प्रधानमन्त्री शेख हसिनाको सत्ता पतन भएको एक दिनपछि वङ्ग भवनमा भएको संयुक्त बैठकबाट युनुसलाई छनोट गर्ने सहमति गरेर नियुक्त गरिएको समाचारमा उल्लेख छ । अव अन्तरिम सरकारका बाँकी सदस्यबारे राजनीतिक दल र अन्य सरोकारवालासँग छलफलपछि टुङ्गो लाग्ने बताईएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar