चितवन – बितेका आठ वर्षको अवधीमा नारायणगढ – मुग्लिन र पृथ्वी राजमार्गको मुग्लिन – मौवाखोला सडकखण्डमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेका छन् ।
उक्त दुर्घटनामा परी हालसम्म ५५ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको सूचीमा पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार आ.व २०७३/७४ मा पाँचवटा, २०७४/७५ मा चारवटा, २०७५/७६ मा चारवटा सवारीसाधन बेपत्ता भएका छन् ।
त्यस्तै आ.व २०७६/७७ मा एउटा, २०७७/७८ मा एउटा, २०७९/८० मा एउटा र २०८०/८१ मा पाँचवटा सवारीसाधन त्रिशूली नदीमा खसेर बेपत्ता भएका छन् । बेपत्ता भएका सवारी साधनमध्येबाट आ.व २०७३/७४ मा १४, २०७८/७९ मा ४ र २०८०/८१ मा ३७ जना बेपत्ता भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
उक्त अवधिमा सो सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३/७४ देखि आव २०८०/८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुईवटा अन्य सवारीसाधन दुर्घटनामा परेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar