काठमाडौं – लोक गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । बिहीबार ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा निधन भएको हो ।
वि.सं. १९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशी बिहीबार साँझ खाना खाएपछि अचानक बेहोस भएका थिए। उनको झापाको दमकस्थित घरबाट अस्पाल लानेक्रममा बाटोमै निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी लामो समयदेखि मधुमेहको औषधि खाँदै आएका थिए ।
उनले २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका थिए। २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशीले जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए ।
उनको ‘रिटिङ रिटिङ…’ बोलको गीत सबैभन्दा चर्चित छ । उनको ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो…’ गीतसमेत जनजनमा चर्चित छ । पारिवारिक स्रोतका अनुसार उनको अन्तिम संस्कार शुक्रबार बिहान ११ बजेपछि झापाको कन्काई माइमा हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar