काठमाडाैं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र सम्बन्धलाई उच्च मनोबलका साथ अघि बढाउन सरकारलाई सुझाव दिएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अध्यक्ष नेपालले देशको हितको रक्षाका लागि सरकारले उच्च मनोबलका साथ परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने बताएका हुन् ।
परराष्ट्र मामिलामा नेपालको शक्ति भनेको गौरवपूर्ण इतिहास भएको उल्लेख गर्दै उनले त्यसैलाई अवलम्बन गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराए । अध्यक्ष नेपालले अरुले स्वीकार गर्ने र नेपालले पनि त्यसमा बलियोसँगले राख्न सक्ने विषयहरूको पहिचान गरेर नेपालले परराष्ट्र सम्बन्धलाई भरपर्दो र बलियो बनाउन सक्नुपर्ने बताए ।
‘परराष्ट्र मामिलामा हामीसँग भएको शक्ति भनेको हाम्रो गौरवपूर्ण इतिहास हो । त्यो इतिहासले पनि हाम्रो मनोबललाई उच्च बनाउँछ । त्यसकारण उच्च मनोबलका साथ आफ्नो देशको हितको रक्षाका लागि अघि बढ्नुपर्ने आवश्यकता छ । तर, यहाँ हामीसँग कूटनीतिक कौशलता भएन र राम्रो तयारी गर्ने काम गर्न सकेनौँ भने हामी डिल गर्न सक्दैनौँ । विश्वमा १९१ देशसँग सम्बन्ध बढाउनुपर्नेछ,’ उनले भने ।
अध्यक्ष नेपालले सरकारले विभिन्न देशमा रहेका नेपालीहरूलाई सहज हुने गरी कूटनीतिक नियोगको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औँलाए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar