काठमाडौँ – मुक्तिनाथ विकास बैंक गोल्ड अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले मुक्तिनाथ विकास बैंक गोल्ड अवार्डबाट सम्मान गरेको हो । आइक्यानले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणालीअन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रदान गर्दै आएको छ ।
राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा विभिन्न विधाहरूमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७९/०८० को लागि मुक्तिनाथ विकासले अवार्डबाट पाएको हो ।
यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७, २०७७/०७८, २०७८/०७९ र २०७९/०८० गरी लगातार पाँचौँपटक पुरस्कृत भएको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२३ विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar