काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजै नयाँ सरकार गठन संगै प्रधानमन्त्री पदमा दाबी पेस गर्ने तयारी गरेका छन् ।
आज शुक्रवार संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया टुंगिएलगत्तै कांग्रेस सहितका साना दलहरूलाई समेत साथमा लिएर आफ्नो नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका हुन् । ओलीले आवश्यकताअनुसार प्रयोग गर्न सकिने गरी कांग्रेस सहितका साना दलहरू सहित एमालेका दुईतिहाइ सांसदहरुको हस्ताक्षरसमेत संकलन गरेर तयारी अवस्थामा राखेका छन् ।
बिहीबार रातिको समझदारी अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त नगर्ने निश्चितप्रायः देखिएपछि नयाँ समीकरणमा रहेका कांग्रेस र एमाले ‘फास्ट्र ट्रयाक’मा सरकार गठनमा जान लागेका हुन् । संविधानको धारा ७६.२ अन्तर्गत दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार गठनको दाबी पेस गर्ने उनीहरूको तयारी छ ।
राष्ट्रपतिले संविधानको धारा ७६.२ या ७६.३ मध्ये कुन धाराबाट सरकार गठनको आह्वान गर्लान् निक्र्योल भइनसकेको छैन । सभामुखले विश्वासको मत लिने संसदीय प्रक्रियाको परिणाम जानकारी गराएलगत्तै राष्ट्रपतिले नयाँ सरकार गठनका लागी आह्वान गर्ने अभ्यास छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar