काठमाडौं – निलम्बित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेको पार्टपोर्ट छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।
पार्टीले महामन्त्री पदबाट निलम्बित गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै पार्टी सभापति लामिछानेको पार्टपोर्टको विषयमा पनि अब छानबिन समिति बनाउन माग गरेका हुन् ।
ढकालले सहकारी ठगीको विषयमा पनि अब पार्टीभित्र पनि उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक भएको उल्लेख गरे । उनले पार्टीको जीवनसँग जोडिएकाले अब रविको पासपोर्ट लगायतका विषय पनि टुंगोमा पुग्नुपर्ने बताए ।
उनले सहकारीको विषयमा छानबिन अघि बढाउन सर्वोच्च अदालतले समेत ठहर गरेकोले अब पार्टीभित्रै स्वतन्त्र छानबिन समिति आवश्यक भएको बताए । ‘पहिले उहाँले विधि प्रक्रिया नबु्झ्दा दुईटा पासपोर्टको समस्यमा पर्नुभयो भनेर मैले साथ दिएँ तर अहिले पार्टीकै भविष्यको चिन्ता भएकाले अब पासपोर्टको विषयमा पनि स्वतन्त्र छानबिन हुनुपर्छ’, उनले भने ।
ढकालले भने, ‘सहकारीको विषयमा विगतमा कुनै जाहेरी र उजुरीको परेको छैन भन्नु भएको थियो तर अब सर्वोच्चबाट समेत छानबिन हुनुपर्छ भन्ने ठहर भइसकेको छ त्यसैले रास्वपाले छुट्टै छानबिन समिति बनाउनुपर्छ ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई रवि लामिछाने क्लबमा परिणत गरिएको आरोप लगाउँदै अब त्यो क्लबबाट पार्टी बनाउन आवश्यक रहेको बताए । आफूलाई राजनीतिक दल ऐन अनुसार स्पष्टीकरणको मौका समेत नदिइ महामन्त्रीबाट निष्कासन गरिएको कुरा कानुन विपरीत रहेको दाबी गरे ।
उपसभापति लामिछानेले पदबाट हटाउने अधिकार समेत नरहेको उल्लेख गर्दै ढकालले उनले वैधानिक रुपमा आफू नै पार्टीको महामन्त्री र प्रवक्ता रहेको दाबी गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar