काठमाडौं – बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । सो प्रदेशमा सोमबार माओवादी केन्द्र नेतृत्वको सरकारलई एमालेले दिएको समर्थन फिर्ता लिँदै र आफ्ना मन्त्रीहरुले राजीनामा समेत दिएर बाहिरिएको बताइएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका हुन् ।
एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ थिए ।
अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको माओवादीका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।
विश्वासको मत लिने दलको बैठकले निर्णय गरे पनि मिति भने नतोकिएको उनले जानकारी दिए । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चौथो पटक एमाले र कांग्रेसको गठबन्धन सरकार बनाउने तयारी छ । मुख्यमन्त्रीमा कांग्रेसले दाबी गरिरहेको छ ।
कांग्रेसबाट संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्रीका दाबेदार छन् । यसअघि पनि नेकपा एमाले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश सरकारबाट समेत बाहिरिसकेको छ । केन्द्रमा सत्ता समिकरण परिवर्तन भएसँगै यसको असर प्रदेश सरकारमा पनि परेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar