काठमाडौं – लक्ष्मी सनराइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ । काठमाडौं जिल्लाको बौद्धमा रहेका दुई शाखामध्ये गोकर्णेश्वर नगरपालिका– ६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका– ५ को थलीमा स्थानान्तरण गरिएको छ ।
स्थानान्तरण गरिएको साबिकको बौद्ध शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको बौद्व पिपलबोटको शाखा (हालको स्थान बाट ४०० मिटर) मार्फत सेवा लिन सक्नेछन् ।
स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्नेछ ।
हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar