एजेन्सी – थुप्रै मानिसलाई कुनै न कुनै किसिमको डर हुन्छ। डरका कारण अनेक हुन सक्छन्। पछिल्लो अध्ययनले मानिसहरू विवाहसँग पनि डराउने तथ्य खुलेको छ।
विवाहसँग डराउने मानिसहरू दुलहाको भेषमा रहेका पुरुष हुन् अथवा रातो लुगा लगाएको दुलही, उनीहरूलाई देख्नासाथ त्रसित् हुने गर्दछन्।यो पनि एक प्रकारको मानसिक रोग भित्र पर्दछ। यस प्रकारको रोगलाई मनोचिकित्सकीय भाषामा ‘विवाह फोबिया’ वा ‘गामोफोबिया’ भनिन्छ।
विचार गर्नुपर्ने कुरा के छ भने ‘गामोफोबिया’ भएका व्यक्तिहरू सम्बन्धदेखि डराउँदैनन्। उनीहरूलाई सम्बन्ध गाँस्न कुनै समस्या हुँदैन। तर, त्यो सम्बन्धलाई कुनै निष्कर्षमा पुर्याउने साहस उनीहरूमा हुँदैन। र, त्यो सम्बन्धलाई राम्रो वा खराब जुनसुकै मोडमा छाड्न सक्छन्। सम्बन्ध र पार्टनरलाई सोचे जस्तो महत्व, ऊर्जा, समय र प्रतिबद्धता दिन पनि सक्दैनन्।
गामोफोबिया रोग वैवाहिक सम्बन्धका लागि मात्रै होइन, हरेक सम्बन्धका लागि खतरनाक मानिन्छ। ‘क्लिभल्यान्ड क्लिनिक’को रिपोर्ट अनुसार ग्यामोफोबिया भएका व्यक्तिहरूलाई कुनै पनि प्रकारको प्रतिबद्धता गर्न गाह्रो हुन्छ। उनीहरूमा आत्मविश्वासको कमी हुने रिपोर्टमा उल्लेख छ। विवाह गर्न वा कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्न प्रतिबद्धता चाहिन्छ। ग्यामोफोबियाबाट ग्रसित व्यक्ति मानसिक रूपमा यसका लागि कहिल्यै तयार हुँदैनन्। यस्तो व्यक्तिले कसैको दबाबमा बिहे गरे पनि सम्बन्ध टिकाउन नसक्ने खतरा हुन्छ।यस बाहेक शिक्षा, करिअर र सामाजिक सम्बन्धमा पनि गामोफोबियाका कारण नकारात्मक असर पर्न सक्छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar