काठमाडौं – मेटाको स्वामित्वमा रहेको थ्रेड्समा अब अन्य प्लेटफर्ममा आएका लाइक र रिप्लाइ सोझै हेर्न सकिने भएको छ । प्लेटफर्ममा एक अपडेट ल्याउँदै मेटाले अन्य सामाजिक सञ्जालमा आएका लाइक र रिप्लाइ सोझै थ्रेड्समा हेर्न सकिने बनाएको हो ।
यसअघि थ्रेड्समा गरिएका पोस्ट अन्य प्लेटफर्ममा शेयर गर्न मिल्ने विकल्प उपलब्ध थियो । तर तिनमा आएका प्रतिक्रिया हेर्न भने पुन: सम्बन्धित प्लेटफर्ममै जानु पर्थ्यो । अब भने उही पोस्टमा आएका प्रतिक्रिया हेर्न प्लेटफर्महरू बीच स्विच गरिरहनु पर्ने बाध्यता हट्ने भएको छ ।
यससँगै थ्रेड्स मेटाको पहिलो फेडिभर्स (fediverse) एप बनेको छ । मेटाका अनुसार फेडिभर्स अन्तरसम्बन्धित सर्भरहरूको विश्वव्यापी सामाजिक नेटवर्क हो, यसबाट प्रयोगकर्ताहरूले विभिन्न प्लेटफर्महरूमा सञ्चार गर्न सक्छन् ।
बेटा भर्सनमा नै रहेको फेडिभर्समा विभिन्न विषय अन्योल नै रहेका छन् । जस्तै; अहिले प्रयोगकर्ताले अन्य प्लेटफर्मा आएका रिप्लाइ हेर्न मात्र सक्छन् । तर रिप्लाइ दिन सक्दैनन् । यसका साथै फेडिभर्स अन्तर्गतको पोस्ट थ्रेड्समा डिलिट गर्दा अन्य प्लेटफर्ममा समेत डिलिट हुने कुरा निश्चित छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar