बाँकी भूगोल र गैरभौगोलिक क्षेत्रका निम्ति कोटा छुट्याइएको छ । कोशीबाट २१, मधेशबाट २१, बागमतीबाट २३, गण्डकीबाट १५, लुम्बिनीबाट १८, कर्णालीबाट १९ र सुदूरपश्चिमबाट १६ जना केन्द्रीय सदस्य चयन हुनेछन् । पेशागत प्रदेशबाट ६, सम्पर्क प्रदेशबाट ८, भारत प्रवासबाट एक र अन्य प्रवासबाट १ जना केन्द्रीय सदस्य चयन हुनेछन् । पदाधिकारी सहित यी केन्द्रीय सदस्य चयनमा सर्वसहमति गर्ने प्रयत्नमा नेताहरु लागेका छन् ।
तर पार्टी अध्यक्षमै सर्वसहमतिको सम्भावना कमजोर रहेको नेताहरु बताउँछन् । माधव नेपाल फेरि नेतृत्वमा दोहोरिन चाहेका छन् भने घनश्याम भूसालले पनि नेतृत्वमा दावी गरेका छन् ।