काठमाडौँ – समीर भट्टले डेब्यू गर्ने नेपाली चलचित्र ‘१२ गाउँ’ आगामी दसैँमा रिलिज हुने भएको छ । आइतबार पोस्टर सार्वजनिक गर्दै बिराज भट्टको निर्देशनमा बनिरहेको यो चलचित्रको रिलिज मिति सार्वजनिक गरिएको हो । चलचित्रका प्रमुख कलाकार बिराजका आफ्नै छोरा समिर हुन् ।
उनले सन्तोष सेनको निर्माणाधीन मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनय गर्ने खबर बाहिरिएपछि समीरको थप चर्चा भएको थियो । समीरले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएका छन् ।
सोही चलचित्रबाट न्यान्सी खड्का र सनिशा भट्टराईले पनि डेब्यू गर्दैछन् । फिल्ममा बिराज, समीर, न्यान्सी र सनिशाका अलावा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दिया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही र भीष्म जोशीको अभिनय छन् । यसैगरी, सुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको पनि अभिनय रहेको छ ।
बिराजले नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी गरेको जनाएका छन् । यस चलचित्रको १० दिनमा छायांकन सकिने बताइएको छ ।
बिराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेल र नीरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीण केएल र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । यसमा बिराजको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar