काठमाडौं – नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी हुने भएको छ । उक्त पार्टीमा वरिष्ठ नेतासहित ७ उपाध्यक्ष रहने भएको छ ।
बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष बनाउने निर्णय गरेको हो । ७ उपाध्यक्षमा १ महिला, १ मधेसी, अरू खुल्ला रहने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । सम्मानित नेताको पद पनि यथावत् राख्ने उनको भनाई छ ।
एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने निर्णय बैठकले गरेको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक–एक जना ल्याइने खतिवडाले बताए ।
योसँगै अध्यक्ष, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष राखेर नेकपा एसले २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ । हाल झलनाथ खनाल सम्मानित नेता छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar