काठमाडौँ – झापास्थित बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाएसँगै सञ्चालक दुर्गा प्रसाईंले अब विश्वविद्यालय बनाउनतिर लाग्ने बताएका छन् ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसाईले मेडिकल कलेजले सम्बन्धन पाएसँगै अब प्राइभेट युनिभर्सिटी बनाउनतिर लाग्ने बताएका हुन् ।‘अब सुदूर पूर्वमा पनि एउटा मेडिकल कलेज खुल्यो । मेडिकल कलेजलाई युनिभर्सिटी बनाउनतिर लान्छौँ । र एउटा प्राइभेट युनिभर्सिटी बनाउने मेरो इच्छा छ । युनिभर्सिटी बनाउन पायो भने कमसेकम एक लाख मान्छेले रोजगारी पाउथे भन्ने मेरो चाहना हो,’ प्रसाईंले भने ।
मेडिकल कलेजले लामो समयदेखि सम्बन्धन नपाएपछि प्रसाईंले सात वर्ष अगाडि सर्वोच्चमा मुद्दा हालेका थिए । उक्त मुद्दामाथि फैसला गर्दै सर्वोच्चले १५ दिनभित्रमा सम्बन्धन दिन आदेश जारी गरेको थियो । सोही आधारमा मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको मंगलबार बसेको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar