काठमाडौँ – दीपक र दीपाको ‘छक्का पञ्जा–३’ युट्युबमा सबैभन्दा बढी भ्युज पाउने नेपाली फिल्म बनेको छ । यो फिल्मले नायक प्रदीप खड्का र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको ‘प्रेम गीत’को रेकर्ड तोडेको हो ।
८ वर्षअघि सार्वजनिक भएको प्रेम गीतले ३ करोड २३ लाखभन्दा बढी भ्युज बटुल्दै युट्युबमा सबैभन्दा बढी भ्युज पाउने फिल्मको रेकर्ड राखेको थियो । जुन रेकर्ड छक्का पञ्जा–३ ले ३ वर्षमै तोडेको हो । छक्का पञ्जा–३ ले ३ करोड ५१ लाखभन्दा बढी भ्युज पाएको छ ।
यससँगै छक्का पञ्जा–३ सबैभन्दा कम समयमा युटुबमा बढी भ्युज पाउने नेपाली फिल्मको रेकर्डसमेत राख्न सफल भएको छ । नेपालको जनसंख्या २ करोड ९३ लाखभन्दा कम छ तर यस फिल्मले सो अंकभन्दा बढी भ्युज पाएको छ ।
रेकर्ड कायम भएसँगै कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले सामाजिक सञ्जालमार्फत् दर्शकलाई धन्यवाद दिएका छन् । त्यस्तै दीपकराज गिरीले लेखेका छन्, ‘यस्तै साना–साना खुसीहरूले नै त हो काम गर्न जाँगर लाग्ने । धन्यवाद दर्शक ।’
यो फिल्म २०७५ असोज २४ गते घटस्थापनाबाट प्रदर्शनमा आएको थियो । यसले सिभिल मलको ब्युएफएक्स, बिग मुभिज, एफक्युबलगायतका उपत्यकाका ९ हलमा ५१ दिन मनाएको थियो । दीपकराज गिरीको लेखन रहेको यस फिल्मको निर्देशक दीपाश्री निरौला हुन् । यसमा दीपकसँगै, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, किरण केसी दीपिका प्रसाईं, नीर शाह, जयनन्द लामा, शिशिर वांग्देल लगायतको मुख्य अभिनय रहेको छ ।
यस फिल्मका सम्पूर्ण शृंखला सुपरहिट छन् । यसबेला ‘छक्का पञ्जा–५’ को छायांकन जारी छ, जुन आगामी दसैँको फूलपातीबाट प्रदर्शनमा आउने घोषणा भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar