काठमाडौं – नेकपा एकीकृत समाजवादी बाँकेले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । समाजवादीको दशौँ महाधिवेशनका लागि आज देशैभर प्रतिनिधि चुनिँदै छन् । यसै क्रममा बाँकेका तीनैवटा क्षेत्र प्रतिनिधि चुनिएका हुन् ।
नेकपा एकीकृत समाजवादी बाँकेका सचिव दिपक जिएमका अनुसार क्षेत्र नं १ दलितबाट रामकृष्ण विक, युवाबाट प्रेम कुमारी शाही, महिलाबाट मञ्जु कोइराला, खुल्लाबाट भगवती अधिकारी, दिपक शाही, शिव डाँगी, दिपक शाहीसहित ८ जना, क्षेत्र नं २ बाट डम्बर थापा मगर, लक्ष्मणप्रसाद गौतम, बद्री ब. यादव, निलम ज्ञवालीसहित ४ जना र क्षेत्र नं ३ बाट ईन्द्रबहादुर थापा, दिपक जिएम, कर्णबहादुर खत्री, मकवुल खाँ, सन्तबहादुर विक, भगवती शाहसहित ६ जना र मजदुर फाँटबाट रत्ना गिरीसहित १९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चुनिएको पार्टीले जनाएको छ ।एकीकृत समाजवादीको दशौँ महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदै छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar