काठमाडौं- प्रेम सम्बन्धमा रहेका गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।
अस्मिता र महेशले दुबई पुगेका बेल बिहे गर्ने निर्णसहित इन्गेजमेन्ट गरेका छन् ।दुबईमा हुन लागेको सांगीतिक कार्यक्रममा गीत गाउन पुगेका उनीहरूले त्यहीँ इन्गेजमेन्ट गरेर तस्बिहरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
उनीहरूले एकसाथ सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै आफूहरू अब एक भएको जनाएका छन् ।विश्वकै अग्लो भवन बुर्ज खलिफाअगाडि बसेर उनीहरूले एकअर्कालाई इन्गेजमेन्टको औंठी लगाइदिए ।त्यसपछि अस्मिताले दुई आत्मा एक भएको कुरा लेखेकी छन् । उनले आफूहरू सधैँका लागि एक भएको पनि बताएकी छन् ।
उनीहरूले पछिल्लो समय सांगीतिक करिअरलाई मिलेर अघि बढाइरहेका थिए । यसअघिबाटै उनीहरू प्रेम सम्बन्धमा रहेको चर्चा थियो । तर उनीहरूले आफूहरूको सम्बन्धलाई स्वीकारेका थिएनन् । गसिपका रुपमा चर्चा भए पनि प्रेम सम्बन्धलाई गोप्य राख्दै अघि बढेका उनीहरूले बिहेको निर्णय लिएका हुन् ।
अब उनीहरूले दुबइईमा इन्गेजमेन्ट गर्दै प्रेममा रहेको पनि स्वीकारेका छन् । अर्कातिर एकसाथ जीवन अघि बढाउने जनाउँदै विवाहको निर्णय पनि लिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar