जनकपुरधाम – मधेस प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाको निर्माण सहितको तयारीमा जुटेको छ ।
मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा मंगलबार जनकपुरधाममा सम्पन्न पूर्व तयारी बैठक तथा सम्भावित जोखिम र त्यसपछिको उद्धार एवं राहतको विषयमा सरोकारवालाको सहभागितामा जनकपुरधाममा बृहत् बैठक सम्पन्न भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको सहभागितामा भएको सो बैठकमा प्रदेश सरकारका उच्च अधिकारीहरू सबै सुरक्षा निकायका प्रदेश स्तरका प्रमुखको सहभागितामा भएको बृहत् बैठकमा यसपटक अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेकाले प्रदेशमा अत्यधिक वर्षाले आउने बाढी तथा डुबानबाट प्रदेशवासीलाई कसरी जोगाउने विषयमा छलफल भएको छ ।
हेविट्याटको सहयोगमा सम्पन्न भएको बैठकमा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेस प्रदेश सरकारसँग साधन स्रोत पनि रहेकाले प्रदेशमा प्राकृतिक विपत्तिमा परेका नागरिकहरूलाई समयमा उद्धार तथा राहत दिन चाहे पनि संघीय कानुनमा भएको प्रावधानका कारणले शीघ्र रूपमा गर्न नसकेको बताए ।
उनले यस्ता कानुनहरूमा भएको व्यवधानलाई फुकाएर प्राकृतिक विपत्तिको समयमा काम गर्नका लागि अवसर प्रदान गर्नका लागि संघीय सरकारसँग माग पनि गरे । मुख्यमन्त्री सिंहले अहिले विभिन्न खोलामा बनेको पुलहरू बालुवा गिट्टीका कारणले पुरिने अवस्थामा पुगेको र ती पुलहरूलाई सुरक्षित गर्नका लागि प्रदेश सरकारले काम गर्न खोज्दा गर्न नपाउने कानुनी व्यवस्था भएको बताए ।उनले प्रदेश सरकारले प्राकृतिक विपत्तिमा परेको १ लाख परिवारलाई लक्षित गरेर बिमा गरिदिने गरी बजेटमा कार्यक्रम ल्याएको बताउँदै प्राकृतिक विपत्तिको समयमा काम गर्नका विद्यालय तहमा नै स्वयंसेवकसम्बन्धी प्रशिक्षण दिन आवश्यक भएको बताए ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले प्राकृतिक विपत्तिबाट जोगिनका लागि जनकपुरधाम उपमहानगरपालिकाले ढलको नियमित सरसफाइ तथा नगर बाहिर रहेको २ खोलामा तटबन्ध निर्माण गर्ने पक्षमा लागेको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar