काठमाडौं – नयाँ बानेश्वरस्थित संघिय संसद भवन परिषरमा मृत अवस्थामा भेटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेको पाइृएको छ ।
दोलखाको मेलुङ–४ घर भएका २२ वर्षीय प्रहरी जवान अजित गोलेले आफैंले बोकेको इन्सास राइफलले आफैंलाई गोली हानी आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार गोलेले आफ्नै निधारमा गोली हानेको देखिएको छ । उनको शव बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो । उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए ।
प्रहरीको केन्द्रीय विशेष कार्यदलमा दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar