काठमाडौँ – सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखालाई थापाथलीमा स्थानान्तरण गरेको छ ।
आइतबारदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी बैंकले शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा गरे । यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका–१ मेन रोड नारायणगढबाट आइतबारैदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar