काठमाडौँ – सिन्दिरा जोशी महिला राष्ट्रिय चेस च्याम्पियन भएकी छन् । काठमाडौँमा जारी ११ चरणको प्रतियोगिातमा १० चरणको समाप्तीमै सिन्दिरा च्याम्पियन भएकी हुन् ।
सिन्दराले बुधबार भएको नवौँ चरणको खेलमा अंशु दिल प्रजापती तथा १०आँै चरणको खेलमा शान्ति धिमाललाई हराइन् । सिन्दराको ९ अंक छ । दोस्रो स्थानमा रहेकी पूजा भण्डारीको ७ दशमलव ५ अंक छ । तेस्रो स्थानमा रहेकी कृत्तीसरा अधिकारीको पनि ७ दशमलव ५ अंक छ ।
खुलातर्फ राजन सुवेदीको अग्रता कायम छ । नवाँै चरणमा सुशील चौधरीलाई हराएका राजनले १०आँै चरणमा प्रकाश नेपालसँग बराबरी गरे । राजनले १० चरणको खेलमा ७ अंक जोडेका छन् । उनलाई पछ्याएका क्षितिज भण्डारी र सुश्रुत दाहालको ६ दशमलव ५ अंक छ । २ दिन अघिसमम अग्रता कायम गरेका पुरुषोत्तम सिलवालका लागि भने पछिल्लो २ दिन खराब रह्यो । प्रेमकृष्ण मर्हजनसँग विजयी उनी सुरोज मर्हजनसँग पराजित भए । उनले ६ अंक छ । प्रकाशको पनि ६ अंक छ । उनी नवौँ चरणमा रुपेस जयसवालसँग पराजित भए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar