काठमाडौँ – युरोपेली युनियन (इयू) ले नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा यथावत् राखेको छ । इयूको उडान सुरक्षा चासो (कालोसूची)मा नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनी दोहोरिएका हुन् । इयूले हरेक ६ महिनामा यस्तो सूची अपडेट गर्दै आएको छ ।
सरकारले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन निरन्तर पहल गर्दै आए पनि विफल हुँदै आएको छ । ३० मे, २०२४ मा इयूले अपडेट गरेको नयाँ सूचीमा नेपाल कालोसूचीमै रहेको पाइएको हो । इयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको छ ।
यो सूचीमा अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरसम्म छन् । यसरी कालोसूचीमा पर्ने वायुसेवा कम्पनीले युरोपेली युनियनभित्रका मुलुकको आकाशमा उडान अनुमति पाउँदैनन् । सोही कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले समेत आफ्नो उडान विस्तार गर्न सकेको छैन ।
सन् २०१३ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले गरेको अडिटमा नेपालको हवाई सुरक्षा प्रतिवेदन कमजोर देखिएपछि हवाई सुरक्षा सूचीमा राखेको थियो । पछि सन् २०१७ मा आइकाओले नेपालको हवाई सुरक्षामा सुधार आएको भन्दै सुरक्षा सूचीबाट भने हटाइसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar