जनकपुर – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज तेस्रो पटक म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ ।
नागरिकता किर्ते सम्बन्धी कसुरमा जेष्ठ ८ मा पक्राउ परेका सिरोहिया अस्वस्थ भएपस्चात् हाल अस्पतालमा रहेका छन् । उनी जेष्ठ ८ मा पक्राउ परेक थिए । उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई धनुषा जिल्ला अदालतले पहिलो र दोस्रो पटक ३-३ दिनको म्याद दिएको थियो ।
दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए । अहिले उनी जनकपुरकै काव्या अस्पतालमा उपचाररत छन् ।
उनलाई अस्पतालबाटै अदालत लैजाने प्रहरीको तयारी छ । सिरोहियाको स्वास्थ्य अवस्था बुझी चिकित्सकसंगको परामर्श अनुसार अदालत लैजाने वा नलैजाने डिसिजन गर्ने धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताएका छन् ।
उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएकाले सिरोहिया अस्पताल लगिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar