काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद्मा देखिएको गतिरोध हटाउने विषयमा पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आज आइतबार बिहान प्रचण्डसँग भेट गरी संसद्मा देखिएको गतिरोध हटाउने विषयमा पहल गर्न ध्यानाकर्षण गराएका हुन् । ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर संसद्मा देखिएको गतिरोध हटाउने विषयमा ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । गतिरोध समाधान गर्ने दिशामा प्रधानमन्त्रीज्यूको सक्रिय पहल होस्। हाम्रो पार्टीको तर्फबाट सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्ने बारेमा हरेक खालको सहयोग हुने कुरा पनि पार्टी अध्यक्षले राख्नुभयो’, एकीकृत समाजवादीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar