काठमाडौं– सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ११ जेठमा छलफल हुने भएको छ ।
सहकारीको वचत रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै कांग्रेससहितका विपक्षी दलले संसद अवरोध गर्दै आएको छ ।
विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभाको यसअघि तय भएको तालिका प्रभावित भएको छ । जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । त्यसपछि जेठ ३, ४, ६, ७ र ८ गते नीति तथा कार्यक्रममाथि छलफल गर्ने तालिका तय भएको थियो । जेठ ९ गते नीति तथा कार्यक्रम पारित गर्ने तयारी थियो ।
तर, कांग्रेसले लगातार संसद बैठक अवरोध गर्दै आएको छ । अवरोधकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत पनि लिएका छन् ।
मंगलबार सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि यही जेठ ११ गते छलफल हुने जानकारी गराएका छन् ।
प्रतिनिधि सभाको अर्को बैठक यही जेठ ११ गते बिहान ११ बजे बस्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar