काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेको बताएको छ ।
शनिबार प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न कांग्रेस नेताहरू बालुवाटार पुगेका थिए ।
करिब आधा घन्टा छलफल भएको र प्रधानमन्त्री सकारात्मक देखिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
कांग्रेसले आफ्ना अडानहरू कायमै राखेको र यसप्रति प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएको उनले बताए ।
उनका अनुसार संसदीय छानबिन समिति बनाउनेबारे कांग्रेसले तयार पारेको मस्यौदामै केन्द्रित रहेर प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar