काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापतिबीच छलफल सुरु भएको छ ।
सिंहदरबारमा जारी भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदको हिजोको असामान्य परिस्थिति, कांग्रेसद्वारा निरन्तर जारी सदन अवरोध र सत्ता गठबन्धनको अबको रणनीति तयारीबारे छलफल भइरहेको बताइएको छ ।
सिंहदरबारमा सत्तारुढ शीर्ष नेताको छलफल चलिरहँदा नेपाली कांग्रेसले भने सरकारविरुद्ध विपक्षी मोर्चा कस्न संसदका प्रतिपक्षी दलका नेतासँग बानेश्वर संसद भवनको ल्होत्से हलमा छलफल गरिरहेको छ ।
कांग्रेस संसदीय दलको आजै बिहान बसेको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने निर्णय गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar